Headline

एनएसएलको मेडिकल पार्टनरमा नर्भिक

Published

on

शनिबार देखि दशरथ रँगशालामा आयोजना हुन गइरहेको नेपालको पहिलो फ्राञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल रहने भएको छ ।

एनएसएल तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच अफिसियल मेडिकल पार्टनर सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरेका थिए ।

कोरोना भाइरसको दोश्रो लहर नेपालमा पनि बढ्दै गएपनि नेपाल सुपर लिग बन्द रँगशालामा हुन गइरहेको छ । प्रतियोगिता अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपातकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टिम मैदानमै रहने एनएसएलले जनाएको छ ।

नर्भिकले प्रतियोगिता दौरान खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्न परे विशेष छुटमा गर्नेछ ।

Click to comment

Trending