Headline

नेपाल र नेदरल्याण्ड्स उपाधिका लागि भिड्ने

Published

on

नेपाल र नेदरल्याण्ड्स त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनलमा भिड्ने भएको छ ।

लिग चरणको पाचौं खेलमा मलेसिया र नेदरल्याण्ड्सबीचको खेल टाइ भएपछि मलेसियन टोली एक खेल बाकी हुदै प्रतियोगिताबाट बाहिरिएको हो । फाइनल खेल शनिबार हुनेछ ।

नेपाल र मलेसिया लिग चरणको अन्तिम खेलमा बिहिबार खेल्दैछन् । मलेसियाले प्रतियोगिताको पहिलो दुई खेलमा नेदरल्याण्ड्स र नेपालसँग पराजित भएको थियो । उसले पहिलो खेलमा नेदरल्याण्ड्ससँग उत्कृष्ट ब्याटिङ्ग गरेपनि १५ रनको पराजय व्यहोरेको थियो ।

नेपालबिरुद्ध मलेसिया ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई पनि ९ विकेटले हराएको थियो ।

Click to comment

Trending