Headline

साल्के ३० बर्षपछि बुन्डेसलिगाबाट रेलिगेसनमा

Published

on

युरोपियन फुटबलको सबैभन्दा सफल मध्येको एक क्लब साल्के ०४ जर्मनीको प्रथम श्रेणी फुटबल बुन्डेसलिगाबाट रेलिगेट भएको छ । आर्मिनिया बिलेफिल्डसँग १–० ले हारेपनि साल्केको जर्मन फुटबल इतिहासमा चौथो रेलिगेसन निश्चित भएको थियो ।

साल्के च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको ठ्याक्कै १० बर्षपछि रेलिगेट भएको हो । साल्के १९८८ पछि पहिलो पटक रेलिगेट भएको हो । उ १९९१–९२ को सिजनमा माथिल्लो श्रेणीमा उक्लिएको थियो ।

“मलाई राम्रो लागिरहेको छैन र साल्केका समर्थकहरु कसरी टेलिभिजन अगाडी बसेर रोइरहेका छन् कल्पना गर्न सक्छु । हामीलाई यो हुदैछ थाहा थियो तर जब यो समय आयो भनेर थाहा भयो, निकै गाह्रो भयो,” साल्केका प्रशिक्षक जेराल्ड आसामोवाले भने ।

स्पेन लिजेण्ड राउलले सान सिरोमा गोल गर्दा साल्के इन्टर मिलानलाई पराजित गर्दै २०११ को च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा भने उसलाई इङ्गलिस टोली म्यानचेस्टर युनाइटेडले हराएको थियो ।

२०१०–११ को सिजनमा साल्केले जर्मन कप पनि जितेको थियो । तर एक दशकपछि साल्केले बुन्डेसलिगामा ३० मध्ये मात्र दुई खेल जितेको छ । यो सिजन मात्रै उसले पाँच प्रशिक्षक परिवर्तन गरेको थियो ।

साल्के दोश्रो डिभिजनमा झर्दा उसको थाप्लोमा २ सय ६१ मिलियन डलरको ऋण रहनेछ । उसले गत सिजन कोरोना भाइरसका कारण आफूलाई ५२ मिलियन युरोको घाटा भएको सार्वजनिक गरेको थियो ।

साल्केको रेलिगेसन निश्चित हुँदा बायर्न म्युनिख भने यसै सप्ताहान्त बुन्डेसलिगाको किर्तिमानी नवौं पटक बिजेता बन्न सक्छ । एरिक म्याक्सम चुपो–मोटिङ्ग र जोसुवा किमिचले गोल गरेपछि बायर लेभरकुसनलाई २–० ले हराउदै बायर्नले चार खेल बाकी रहदा १० अंकको अग्रता बनाइसकेको छ ।

माइन्जलाई शनिबार पराजित गर्ने हो भने बायर्नले उपाधि उचाल्ने छ । दोश्रो स्थानको आरबी लाइपजिग रेलिगेसनको खतरा रहेको कोलोनसँग हारेपनि बायर्नलाई सजिलो भएको थियो ।

Click to comment

Trending