Headline

धेरै क्लबले नाम फिर्ता लिए पछि युरोपियन सुपर लिग अनिश्चितकालीन लागि बन्द

Published

on

प्रिमियर लिगका ६ र ला लिगाको एक क्लबले आफ्नो नाम फिर्ता लिए पछि युरोपियन सुपर लिग अनिश्चितकालीनका लागि स्थगित हुने भएको छ । संस्थापक क्लबका रुपमा रहेका प्रिमियर लिगका म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनह्याम र लिभरपुल । ला लिगाको एट्लेटिको म्याड्रिड र सिरी आ को इन्टर मिलानले आफ्नो नाम फिर्ता लिने बताए लगतै प्रतियोगिता स्थगित गर्ने निर्णय भएको हो ।

१२ संस्थापक क्लब सहित स्थापना हुँदै गरेको एुरोपियन सुपर लिगको धेरै बिरोध भए पछि सात ठुला क्लबले आफ्नो नाम फिर्ता लिएका थिए । प्रिमियर लिगका सबै क्लबको रङ्गशाला बहिर धेरै समर्थकले नारा जुलुस पनि लगाएका थिए । म्यानचेस्टर सिटीले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने पहिलो क्लब बनेको थियो ।

“धेरै क्लबहरुले दवाबका कारण नाम फिर्ता लिए पछि अब हामी प्रतियोगितालाई केही समयका लागि रोक्ने छौँ,” युरोपियन सुपर लिगले एक बिज्ञप्तीमा लेखेको छ ।

“वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै हामी पूरै फुटबल क्लबहरुको भुक्तानी बढाउँदै प्रशंसकहरूलाई नयाँ अनुभव प्रदान गर्ने हाम्रो लक्ष्यहरूलाई मनमा राख्दै यस परियोजनालाई पुनः आकार दिन सबैभन्दा उचित कदमहरूको पुनर्विचार गर्नेछौं।” बिज्ञप्तीमा उल्लेख छ ।

धेरै क्लबका समर्थक, अन्य क्लब, प्रस्तोता, बिश्लेषकले यो प्रतियोगिताले ठुलो क्लबलाई मात्र हेरेको र यो प्रतियोगिता मन्य नहुने भन्दै चर्को आलोचना समेत गरेका थिए ।

 

Click to comment

Trending