अन्तर्राष्ट्रिय

मुम्बईलाई पराजित गर्दै दिल्ली अंक तालिकाको दोश्रो स्थानमा 

Published

on

मुम्बई इन्डियन्स माथि छ विकेटको रोमान्चक जित निकाल्दै दिल्ली क्यापिटल्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको दोश्रो स्थानमा उक्लिन सफल भएको छ ।

चार खेल खेलेको दिल्लीको तीन जित सहित छ अंक छ भने तीन खेल खेल्दै शतप्रतिशत जित दर्ता गराएको रोयल च्यालेन्जर्स बेंगलोर नेट रन रेटका आधारमा पहिलो स्थानमा रहेको छ । आजको खेलमा पराजित भएको मुम्बई चार खेलमा चार अंक बोक्दै चौथो स्थानमा रहेको छ ।

मुम्बईले दिएको १३८ रनको लक्ष्य दिल्लीले पाँच बल अगावै चार विकेटको नोक्सानीमा पार गर्यो ।

दिल्लीको जितमा ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभ स्मिथले पनि ३३ रनको पारी खेले । त्यस्तै ललित यादवले अविजित २२ रनको योगदान दिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

ओपनर क्विन्टन डि कक एक रनमा आउट भए पनि कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले दोश्रो विकेटका लागि ५८ रन जोड्दै मुम्बईको पारी सम्हाले । तर ४४ रन बनाएका रोहित र २४ रन बनाएका यादवको विकेटको पतन पछि मुम्बईले लगातार रुपमा विकेट गुमाउँदै गयो ।

मुम्बईका हार्दिक पान्ड्या गोल्डेन डक आउट, कुर्नाल पान्ड्या र किएरोन पोलार्ड क्रमश १ र दुई रनमा आउट हुँदा १२ औं ओभरमा छ विकेटको नोक्सानीमा ८४ रनको अवस्थामा खुम्चिन पुग्यो । त्यस पछि इशान किशन र जयदेव उनादकटले सातौं विकेटका लागि ४३ रनको साझेदारी गरे । किशन २६ रनमा आउट भए पनि उनादकटले पनि २३ रन भन्दा जोड्न सकेनन् ।

मुम्बईलाई सानो योगफलमा रोक्ने क्रममा दिल्लीका अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक चार विकेट आफ्नो नाममा दर्ता गराए भने आवेश खानले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending