अन्तर्राष्ट्रिय

मुम्बईको सानो योगफल 

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३ औं खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यपिटल्सलाई १३८ रनको सानो लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

ओपनर क्विन्टन डि कक एक रनमा आउट भए पनि कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले दोश्रो विकेटका लागि ५८ रन जोड्दै मुम्बईको पारी सम्हाले । तर ४४ रन बनाएका रोहित र २४ रन बनाएका यादवको विकेटको पतन पछि मुम्बईले लगातार रुपमा विकेट गुमाउँदै गयो ।

मुम्बईका हार्दिक पान्ड्या गोल्डेन डक आउट, कुर्नाल पान्ड्या र किएरोन पोलार्ड क्रमश १ र दुई रनमा आउट हुँदा १२ औं ओभरमा छ विकेटको नोक्सानीमा ८४ रनको अवस्थामा खुम्चिन पुग्यो । त्यस पछि इशान किशन र जयदेव उनादकटले सातौं विकेटका लागि ४३ रनको साझेदारी गरे । किशन २६ रनमा आउट भए पनि उनादकटले पनि २३ रन भन्दा जोड्न सकेनन् ।

मुम्बईलाई सानो योगफलमा रोक्ने क्रममा दिल्लीका अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक चार विकेट आफ्नो नाममा दर्ता गराए भने आवेश खानले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending