Headline

नेदरल्याण्ड्स बिरुद्ध नेपाल पहिलो ब्याटिङ्ग गर्दै

Published

on

त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अन्तर्गतको आफ्नो तेश्रो खेलमा नेपालले नेदरल्याण्ड्सले टस जितेको पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।

नेपालले यसअघि दुवै खेलमा फिल्डिङ्ग गरेको थियो । नेपालले तीन वटै खेलमा टस जितेको हो । लगातार दुई खेल जितेको नेपालले आज पनि नेदरल्याण्ड्सलाई पराजित गरेको खण्डमा फाइनल प्रवेश गर्नेछ ।

पहिलो दुई खेलमा नेपालले नेदरल्याण्ड्स र मलेसिया ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालको टिममा कुनै परिवर्तन छैन ।

लक्ष पछ्याउदै पहिलो दुई खेलमा जित हात पारेको नेपालको ब्याटिङ्गको परिक्षा आज हुनेछ । त्रिवि मैदानमा मङ्गलवारदेखि दर्शक प्रवेशमा निषेध गरिएको छ ।

Click to comment

Trending