अन्तर्राष्ट्रिय

राजस्थान माथि चेन्नाईको फराकिलो जित 

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेश्रो खेलमा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।तेश्रो खेलमा चेन्नाईको दोश्रो जित हो भने तीन खेल नै खेलेको राजस्थानको यो दोश्रो हार हो ।

जितका लागि १८९ रनको विशाल लक्ष्य पक्ष्याएको राजस्थानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १४३ रन मात्र बनाउन सक्यो ।

राजस्थानको लागि ओपनर जस बटलरले सर्वाधिक ४९ रन बनाए भने जयदेव उनादकटले २४ तथा राहुल टेवाटियाले २० रनको योगदान दिए ।

राजस्थानलाई रोक्ने क्रममा मोएन अली ले तीन ओभरमा मात्र सात रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने साम कर्रन र रविन्द्र जडेजाले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईका कुनै पनि ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसके पनि २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १८८ रनको विशाल योगफल खडा गर्न सक्यो ।

चेन्नाईका फाफ डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए भने अम्बाती रायुडूले २७, मोएन अलीले २६ तथा ड्वाएन ब्राभोले आठ बलमा अविजित २० रनको योगदान दिए ।

राजस्थानका चेतन सकारियाले सर्वाधिक तीन तथा क्रिस मोरिसले दुई विकेट हात पारे ।

Click to comment

Trending