Headline

मोउरिन्हो बर्खास्त !

Published

on

ईंग्लिश प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले आफ्नो मुख्य प्रशिक्षकको भूमिकामा रहेका पोर्चुगिज होजे मोउरिन्होलाई बर्खात गरेको छ ।

मोउरिन्हो १७ महिना टोटनह्यामको डगआउट सम्हाल्दै बहिरिएका हुन् । टोटनह्याम हाल प्रिमियर लिगमा सातौँ स्थानमा रहेको छ भने युरोपा लिगबाट बहिरिसकेको छ ।

टोटनह्यामले २५ अप्रिलमा भने म्यानचेस्टर सिटीसँग कराबाओ कपमा खेल्दै छ । मोउरिन्होसँगै उनका सहायक प्रशिक्षकहरु जोओ स्याक्रमेन्टो, नुनो सान्तोस, कार्लोस ललितिन र जियोभन्नी सेरालाई पनि टोटनह्यामले बर्खास्त गरेको छ ।

“मोउरिन्हो निकै व्यवसाहिक प्रशिक्षक हुन् र उनले महामारीको बेला टोलीलाई दिएको साथको म सधैं कदर गर्ने छु।”टोटनह्यामका अध्यक्ष डानियल लेभले भने ।

मोउरिन्होले आफ्नो अन्तिम खेलमा एवर्टनसँग २-२ को बराबरी खेलेको थियो । मोउरिन्हो यस अघि पनि प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबाट बर्खास्तीमा परिसकेका थिए ।

बर्खास्ती सँ गाई टोटनह्यामले मोउरिन्होलाई ३० मिलियन पाउण्ड क्षतिपुर्ती तिर्ने छ ।

Click to comment

Trending