Headline

नेपालको अर्को उत्कृष्ट ब्याटिङ्ग, कुशलले बनाए अद्र्धशतकको किर्तिमान

Published

on

कुशल भुर्तेल र आसिफ शेखले एक पटक फेरि उत्कृष्ट शुरुवात दिलाएपछि नेपालले त्रिदेशीय ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा अर्को बिशाल जित हात पारेको छ । नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले पराजित गरेको नेपालले सोमबार मलेसियालाई ९ विकेटले हरायो ।

त्रिवि मैदानमा टस जित्दै पहिलो फिल्डिङ्ग रोजेपछि नेपालले मलेसियालाई घातक बलिङ्ग गर्दै १६ दशमलव ५ ओभरमा १ सय ९ रनै समेट्यो । जवाफमा कुशलले किर्तिमान कायम गर्दै लगातार दोश्रो अद्र्धशतक बनाउनुका साथै आशिफसँग अर्को शतकीय साझेदारी गरेपछि नेपालले १२ दशमलव एक ओभरमै लक्ष्य प्राप्त गर्यो ।

कुशल नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार दोश्रो अद्र्धशतक प्रहार गर्ने पहिलो ब्याट्स्मयान बने । यसअघि नेदरल्याण्ड्सबिरुद्ध पनि अद्र्धशतक प्रहार गरेका कुशलले आसिफसँग ११ ओभरमै १ सय २ रनको साझेदारी गरेका थिए ।

नेपाल जितबाट मात्र ८ रन टाढा रहेको अवस्थामा आसिफ बिरनदिप सिँहको बलमा शर्ट थर्ड म्यानमा आउट भएका थिए । उनले २९ बलमा चार चौका र एक छक्काको मद्दतमा ४२ रन बनाए ।

आफ्नो इनिङ्गसको शुरुवात नै स्पिनर पवनदिप सिँहलाई छक्का प्रहार गरेका कुशलले ठूला शट खेल्दै मलेसियालाई पूर्ण रुपले दवाबमा राखेका थिए । उनले सैयद अजिजलाई एकै ओभरमा लगातार दुई छक्का र एक चौका प्रहार गर्दै १९ रन बटुलेका थिए ।

कुशलले ४१ बलमा पाँच छक्का र तीन चौका प्रहार गर्दै ६१ रन बनाए । बिजयी चौका दिपेन्द्र सिँह ऐरिले हिर्काएका थिए ।

करण केसीले तीन विकेट लिनुका साथै एक रनआउटमा पनि संलग्न रहेपनि नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा आफ्नो दोश्रो खेलमा मलेसियालाई १ सय १० रनको झिनो योगफलमै समेटेको छ ।

त्रिवि क्रिकेट मैदानमा आक्रमक ब्याटिङ्ग गरेपनि मलेसिया थोरैमा समेटिएको थियो । टप अर्डरबाट सैयद अजिजले रन जोडेपनि मलेसिायले निरन्तर विकेट गुमाएको थियो ।

तिब्र गतिका बलर सोमपाल कामीले मलेसियाका प्रमुख ब्याट्स्म्यान बिरनदिप सिँहलाई ६ रनमा बोल्ड गरेपछि नेपाल पूर्ण रुपमा मलेसियामाथि हावी भएको थियो । दिपेन्द्र सिँह ऐरिले अजिजलाई शर्ट मिड विकेटमा आसिफ शेखको हातबाट क्याच आउट गराएपछि मलेसियाले ५१ रनमा चार विकेट लिएको थियो ।

निकै नै उत्कृष्ट फास्ट बलिङ्गको नमुना प्रस्तुत गरेका करणले ओपनर अनवर अरुद्दिन, शर्भिन मुनियन्डी र स्याजरुल इद्रुसको विकेट लिएका थिउ । मुनियन्डीले १५ बलमा एक छक्काको मद्दतमा २० रन बनाए । अजिजले सर्वाधिक २४ बलमा २७ रन बनाए । उनको इनिङ्गसमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

करणले तीन ओभरमा १७ रन खर्चिएका थिए । सन्दिप लामिछानेले ३ दशमलव ५ ओभरमा २५ रन खर्चदै दुई विकेट लिए । शाहब आलम र कुल मल्लले पनि नेपालका लागि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending