Headline

नेपालको घातक बलिङ्ग सामु मलेसिया नीरिह

Published

on

करण केसीले तीन विकेट लिनुका साथै एक रनआउटमा पनि संलग्न रहेपनि नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा आफ्नो दोश्रो खेलमा मलेसियालाई १ सय १० रनको झिनो योगफलमै समेटेको छ ।

त्रिवि क्रिकेट मैदानमा आक्रमक ब्याटिङ्ग गरेपनि मलेसिया १६ दशमलव ५ ओभरमा अल आउट हुदै १ सय ९ रनमै समेटियो । टप अर्डरबाट सैयद अजिजले आक्रमक ब्याटिङ्ग गरेपनि मलेसिायले निरन्तर विकेट गुमाएको थियो ।

तिब्र गतिका बलर सोमपाल कामीले मलेसियाका प्रमुख ब्याट्स्म्यान बिरनदिप सिँहलाई ६ रनमा बोल्ड गरेपछि नेपाल पूर्ण रुपमा मलेसियामाथि हावी भएको थियो । दिपेन्द्र सिँह ऐरिले अजिजलाई शर्ट मिड विकेटमा आसिफ शेखको हातबाट क्याच आउट गराएपछि मलेसियाले ५१ रनमा चार विकेट लिएको थियो ।

निकै नै उत्कृष्ट फास्ट बलिङ्गको नमुना प्रस्तुत गरेका करणले ओपनर अनवर अरुद्दिन, शर्भिन मुनियन्डी र स्याजरुल इद्रुसको विकेट लिएका थिउ । मुनियन्डीले १५ बलमा एक छक्काको मद्दतमा २० रन बनाए । अजिजले सर्वाधिक २४ बलमा २७ रन बनाए । उनको इनिङ्गसमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

करणले तीन ओभरमा १७ रन खर्चिएका थिए । सन्दिप लामिछानेले ३ दशमलव ५ ओभरमा २५ रन खर्चदै दुई विकेट लिए । शाहब आलम र कुल मल्लले पनि नेपालका लागि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending