Headline

लेस्टर सिटी ५२ बर्षपछि एफए कपको फाइनलमा

Published

on

लेस्टर सिटी ५२ बर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोश्रो सेमिफाइनलमा साउथह्याम्प्टनलाई १-० ले हराउँदै लेस्टर फाइनल प्रवेश गरेको हो।

लेस्टरको फाइनल यात्रातय गर्न केलिची इहेनाचोले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीको डिफेन्स निकै बलियो देखिएको थियो । दुवै टोलीले पहिलो हाफमा धेरै मुभ बनाए पनि गोल भने गर्न सकेनन् । दोस्रो हाफमा साउथह्याम्प्टन भन्दा लेस्टरले केही राम्रो मुभहरु बनायो । ५५ औँ मिनेटमा लेस्टरले बनएको निकै राम्रो मुभमा इहेनाचो गोल गर्न सफल भएका थिए ।

इहेनाचोको उक्त गोल निर्णायक बन्न पुग्दा लेस्टरले चेल्सीसँग फाइनल भेट पक्क गरेको हो । लेस्टरले आठ पटकको एफए कप बिजेता चेल्सीसँग मे १८ मा वेम्बलीमा हुने फाइनल खेल्ने छ ।

लेस्टर सन् २००० पछि भने पहिलो पटक कुनै पनि मुख्य प्रतियोगिताको फाइनल खेल्न गइरहेको हो । उसले नयाँ सहश्राब्दीको शुरुवातमा लिग कप उचालेको थियो ।

Click to comment

Trending