राष्ट्रिय

नेपाली पब्जी टोली दक्षिण एसिया च्याम्पियन 

Published

on

नेपाली ई-गेमिङ टोली डिआरएस (द रियल सोल्जर्स) दक्षिण एसियाली पब्जी च्याम्पियन बनेको छ ।

गत राती सम्पन्न फाइनलमा मंगोलियाको टोलीलाई पराजित गर्दै डिआरएसले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) च्याम्पियनसिपको तेस्रो सिजनको उपाधि जितेको हो । मंगोलियाको टोली विश्वच्याम्पियनसीपमा तेस्रो स्थान हात पारेको टोली पनि हो ।

उपाधिसँगै डिआरएसले १० हजार अमेरिकी डलर पनि जितेको छ भने झन्दै ५ करोड पुरस्कार राशी रहेको चीनमा अर्को प्रतियोगिताका लागि पनि छ्नौट भएको छ ।

डिआरएसको टोलीमा हाल युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तमाङ(निमा), पेम्बा ग्याल्सेन लामा (ग्याल्सेन), अन्जन राई (एमआर बोरो) रहेका छन् । डिआरएस दक्षिण एसियाली छनोट चरणमा दोस्रो स्थानमा सिजन सक्काएको थियो । त्यसपछि ग्लोबल च्याम्पियनशिपमा समेत खेलेको डिआरएस २० औँ स्थानमा प्रतियोगिता सक्काएको थियो ।

Click to comment

Trending