Headline

एक दशकमा पहिलो पटक एटलान्टासँग हार्दा युभेन्टसको च्याम्पियन्स लिग यात्रा समेत कठिन

Published

on

एटलान्टासँग दुई दशकमा पहिलो लिग हार व्यहोर्दै च्याम्पियन्स लिग अभियानमा नराम्रो धक्का लागेपछि युभेन्टस प्रशिक्षक आन्द्रे पिर्लोले पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो म्याच समाप्त गर्न सक्ने क्षमता अभाव महसुस गरेको स्विकारेका छन् ।

इटालियन सिरी आ मा ९ खेलमात्र बाकी रहेको स्थितिमा युभेन्टसको ९ बर्षदेखि राज समाप्त हुने लगभग निश्चित छ भने उसको अर्को सिजनको च्याम्पियन्स लिग सहभागिता पनि खतरामा परेको छ ।

युभेन्टस ६२ अंक सहित चौथो स्थानमा रहेको छ भने नापोलीले आइतबार नै लिग लिडर इन्टर मिलानलाई पराजित गरेको भए उ पाचौं स्थानमा झर्ने थियो । मात्र दुई अंक पछाडी रहेको नापोली लिग लिडर इन्टर मिलानसँग १–१ को बराबरी खेल्यो ।

७५ अंकका साथ शिर्ष स्थानमा शहरी प्रतिद्वन्दी एसि मिलानसँग ९ अंकको अग्रता बनाएको इन्टर एक दशकमा पहिलो पटक सिरी आ उपाधि नजिक रहेको छ । एटलान्टा ६४ अंक सहित तेश्रो स्थानमा छ । एसि मिलानले जेनोआलाई २–१ ले हराएको थियो ।

बेरेगामोमा निर्धारित समय समाप्त मात्र तीन मिनेट बाकी हुदा रस्लान मालिनोभ्स्कीले गोल गरेपछि एटलान्टाले चोटका कारण रोनाल्डोलाई गुमाएको युभेन्टसमाथि एक दशकमा पहिलो पटक हराउन सफल भएको थियो ।

“हामीलाई थाहा थियो एटलान्टाबिरुद्ध गाह्रो हुने वाला थियो । रोनाल्डो हाम्रो फिनिसर हुन् । यस्तो परिस्थितिमा उनले आफूलाई सजिलै ढाल्न सक्छन् । उनी पेनाल्टी एरियामा म्याच समाप्त पार्ने खुबी राख्छन् । आज हामीले पेनाल्टी एरियामै मौकाहरु पायौं तर फिनिस गर्न नसक्दा यसको सजाय पाएका छौं,” पिर्लोले भने ।

यो सिजन युभेन्टसले ३६ बर्षिय रोनाल्डोको अनुपस्थितिमा खेलिएका सबै चार म्याचमा पराजय व्यहोरेको छ । इटालीयन शिर्ष चार टोली साझै च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् ।

नापोली रोकिएर मात्र युभेन्टस चौथो स्थानमै कायम हुन सकेको थियो । स्टेफन डि भ्रिजले आत्मघाती गोल गरेपछि नापोलीले नेपल्समा अग्रता पाएको थियो । तर दोश्रो हाफको १० मिनेटपछि नै एरिक्सनले गोल गर्दै इन्टरको हार टारेका थिए ।

Click to comment

Trending