Headline

रियल गेटाफेसँग रोकिँदा एट्लेटिकोले लियो तीन अंकको अग्रता

Published

on

साविक बिजेता रियल म्याड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिए पछि एट्लेटिको म्याड्रिडले ला लिगाको शिर्ष स्थानमा उक्लिदै तीन अंकको अग्रता लिएको छ ।

एट्लेटिकोले आईबरलाई ५-० ले हराए पछि शिर्ष स्थानमा उसले कब्जा जमाएको हो । एट्लेटिकोको जितमा एन्जल कोरेरा र मार्कस लोरेन्टेले दुई-दुइ गोल गर्दा यानिक कारास्कोले एक गोल गरे ।

पहिलो हाफमा २-० गोलको अग्रता लिएको एट्लेटिकोका लागि दुवै गोल कोरेराले गरेका थिए । दोस्रो हाफमा एट्लेटिकोले तीन गोल थप्यो । ४९ औँ मिनेटमा करास्कोले गोल गरे पछि एट्लेटिले ३-० गोलको अग्रता लियो । त्यस पछि भने मार्कस लोरेन्टेले ५३ र ६८ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई ५-० को फराकिलो जित दिलाए ।

जितसँगै नतिजाको पर्खाइमा रहेको एट्लेटिकोले रियलको गोलरहित बराबरीसंगै शिर्ष स्थानमा तीन अंकको अग्रता लिएको हो । दोस्रो स्थानको रियलको ६७ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ६५ अंक छ ।

Click to comment

Trending