Headline

दिल्लीबिरुद्ध १ सय ९५ रन पनि डिफेण्ड गर्न असफल पञ्जाब

Published

on

शिखर धवनले इण्डियन प्रिमियर लिगमा आफ्नो तेश्रो शतक बनाउनबाट चुकेपछि दिल्ली क्यापिटल्सले आइतबार हाई स्कोरिङ्ग खेलमा पञ्जाब किंग्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

ओपनरद्वय केएल राहुल र मयँक अगरवालले अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारी गरेपछि पञ्जाबले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ९५ रनको बिशाल योगफल बनायो । जवाफमा धवनले राम्रो शुरुवात दिनुका मार्कस स्टोइनिसले उत्कृष्ट फिनिसिङ्ग गरेपछि दिल्लीले १८ दशमलव २ ओभरमा मात्र चार विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।

धवनले पहिलो विकेटका लागि पृथ्वी श सँग ५९ रनको साझेदारी गरेका थिए । श ले १७ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए । अष्ट्रेलियन पुर्व कप्तान स्टिभन स्मिथ (९) सँग भएको ४८ रनको साझेदारीमा धवनकै बढी योगदान रहेको थियो ।

त्यसपछि उनले कप्तान रिसभ पन्तसँग ४७ रन जोडेका थिए । धवनले ४९ बलमा १३ चौका र दुई छक्का प्रहार गर्दै ९१ रन बनाए । उनले युएईमा भएको अघिल्लो सिजनमा लगातार दुई शतक प्रहार गरेका थिए ।

अन्तिम चार ओभरमा ३६ रनको आवश्यकता रहेको स्थितिमा मोहम्मद सामीले दिल्लीको जितलाई सहज बनाइदिएका थिए । १७ औं ओभरमा उनले दुई नो–बल गर्दै दुई चौका र एक छक्का खाएपछि दिल्लीले २० रन बटुलेको थियो । लगत्तै झाइ रिचर्डसनले पन्त (१७) लाई आउट गरेपनि दिल्लीले सहज जित हात पारेको थियो ।

स्टोइनिसले १३ बलमा तीन चौका र एक छक्काको मद्दतमा नटआउट २७ रन बनाए । पञ्जाबका लागि झाई रिचर्डसनले दुई विकेट लिए ।

यसअघि पञ्जाबका लागि राहुल र मयंकले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए । मयंकले ३६ बलमा ६९ र राहुलले ५१ बलमा ६१ रन जोडेका थिए । समान सात चौका प्रहार गरेका मयंकले चार र राहुलले दुई छक्का हिर्काएका थिए ।

दिपक हुडाले १३ बलमा २२ र शाहरुख खानले पाँच बलमा १५ रन बनाएका थिए ।

Click to comment

Trending