Headline

एबि र म्याक्सवेलको ब्याटिङ्ग सामु कोलकाताले घुँडा टेक्यो

Published

on

एबि डिभिलियर्स र ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ्ग गरेपछि बिराट कोहलीको रोयल च्यालेन्जर्स बैँगलोरले इण्डियन प्रिमियर लिगमा लगातार तेश्रो जित हात पारेको छ ।

चेन्नईमा मात्र चार विकेट गुमाउदै २ सय ४ रन बनाएपछि बैँगलोरले आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्यो । कोलकाताको यो दोश्रो हार हो ।

ठूलो लक्ष्यको दवाबमा राम्रो साझेदारी गर्न नसकेपछि कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ रनमै रोकिएको थियो । कोलकाताका ब्याट्स्म्यानहरुले शुरुवात पाएपनि त्यसलाई ठूलो योगफलमा बदल्न सकेको थिएनन् ।

उसका लागि कप्तान ओइन मोर्गनले शकिब अल हसनसँग पाचौं विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । मोर्गन २३ बलमा २९ रन प्रहार गर्दै आउट भएपछि शकिब (२६) ले कोलकाताको जितका आशा आन्द्रे रसेलसँग ४१ रन जोडेका थिए ।

तर रसेल अन्तिम ओभरको पहिलो बलमा आउट भएपनि कोलकाताको हातबाट खेल चिप्लिसकेको थियो । रसेलले २० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाएका थिए ।

कोलकाताका लागि सुभमन गिलले २१ र राहुल त्रिपाठीले २५ रन बनाएका थिए । बैँगलोरका लागि कायल जेमिसनले तीन विकेट लिएका थिए भने युजभेन्द्र चाहल र हर्षल पटेलले २–२ विकेट लिएका थिए ।

यसअघि बैँगलोरले कप्तान बिराट कोहली सहित शुरुवातको ९ रनमै दुई विकेट गुमाएपछि दवाबमा आएको थियो । त्यसपछि म्याक्सवेलले आक्रमक ब्याटिङ्ग गर्दै बैँगलोरको पारी सम्हालेका थिए । म्याक्सवेलले तेश्रो विकेटका लागि देवदत्त पडिकल (२५) सँग ८६ रनको साझेदारी गरेका थिए ।

पडिकलको विकेट पतनपछि म्याक्सवेल र डिभिलियर्सले ५३ रन जोडे । म्याक्सवेलले ४९ बलमा ७८ रन बनाए । त्यसपछि डिभिलियर्सले जेमिसन (११) सँग ५६ रन जोडेका थिए । डिभिलियर्स ३४ बलमा ७६ रनमा नटआउट रहे ।

म्याक्सवेल र डिभिलियर्सले समान ९ चौका र तीन छक्का प्रहार गरेका थिए । कोलकाताका लागि बरुण चक्रवर्तीले दुई विकेट लिए ।

Click to comment

Trending