Headline

नेपाली महिला टोलीले भारतीय टोलीसँग खेल्ने श्रृंखला स्थगित

Published

on

नेपाली महिला क्रिकेट टोलीले भारतको उत्तराखण्ड राज्य टोलीसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने भनिएको एकदिवसीय र ट्वान्टी ट्वान्टी श्रृंखला स्थगित भएको छ ।

क्यानका एक बिश्वस्त श्रोतका अनुसार भारतीय क्रिकेट बोर्डले (बिसीसीआई) ले भारतमा तथा नेपालमा कोरोना संक्रमण बढ्दै गएका कारण उत्तराखण्ड टोलीलाई नेपाल आउन अनुमती नदिए पछि उक्त श्रृंखला हालको लागि स्थगित भएको हो ।

केहि दिन अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्ड महिला टोलीले नेपाल भ्रमण गर्ने जनाएको थियो । क्यानले भने यस विषयमा आधिकारिक रुपमा केहि जानकारी दिएको छैन ।

क्यानले उक्त भ्रमणमा लक्षित गर्दै महिला टोलीलाई बन्द प्रशिक्षणमा राख्ने जनाए पनि हालको लागि बन्द प्रशिक्षण पनि स्थगित हुने भएको छ ।

यस अघि नेपाली पुरुष टोलीले नेदरल्याण्ड्स र मलेसियाबिरुद्धको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेले लगत्तै महिलाको प्रतियोगिता शुरु हुने क्यानले जानकारी दिएको थियो ।

नेपाली महिला टोलीले सन् २०१९ को डिसेम्बर पछि कुनै पनि विदेशी टोलीसँग खेल्न लागेको यो पहिलो पटक हुने थियो । नेपाली टोलीले भारतीय टोलीसँग तीन एकदिवसीय र दुई ट्वान्टी ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको थियो ।

महिला टोलीले पहिले तीनवटा ३५ ओभरको खेल र पछि दुईवटा ट्वान्टी ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको थियो ।

Click to comment

Trending