Headline

बिल्बाओलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे को उपाधि

Published

on

एथ्लेटिक बिल्बाओलाई हराउँदै क्याटालान क्लब एफसी बार्सिलोनाले कोपा डेल रे २०२०/२१ को उपाधी हात पारेको छ।

सेभिलमा भएको फाइनलमा बार्सिलोनाले बिल्बाओलाई ४-० गोलले हराउँदै उपाधि  जित्न सफल भए ।

फाइनलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा क्याटालान क्लबले चार गोल गर्‍यो।

खेलको ६०औँ मिनेटमा फ्रान्कि डि जोङको लो क्रसमा ६ यार्डबाट गोल गर्दै एन्टोइन ग्रिजमनले बार्सालाई अग्रता दिलाएका थिए । यसको दुई मिनेटपछि जोर्डि आल्बाको क्रसमा हेड गर्दै डि जोङले बार्साको अग्रता दोब्बर बनाए।

लगत्तै ६८औँ मिनेटमा मेस्सीले बटम कर्नरमा गरेको प्रहारले बार्सिलोनालाई ३-० को अग्रता दिलायो ।

७२ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनालाई सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

कोपा डेल रेको उपाधि बार्साले यस् सिजन हात पारेको पहिलो उपाधी हो।

Click to comment

Trending