Headline

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

Published

on

म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै चेल्सी फुटबल क्लब २०२०/२०२१ सिजन एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

चेल्सीका लागि हाकिम जियाचले निर्णायक गोल गरेका थिए । पहिलो र दोस्रो हाफ  चेल्सीले सिटीलाई चल्न दिएन ।

सिटीका लागि पहिलो हाफको ३४ औँ मिनेटमा स्टेर्लिङ चुक्न पुग्दा सिटीले पहिलो अग्रता लिने मौका घुमायो । यस्तै ३६ औँ मिनेटमा चेल्सीका लागि निकै अरामदायी गोल गर्ने मौकामा बेन चिलवेल चुक्न पुगेका थिए ।

दोस्रो हाफमा भने चेल्सीले गोल गर्‍यो । लगतारको प्रयास पछि चेल्सीका लागि जियाचले गोल गरेका थिए । मेसन माउण्टले निकाल्दिएको निकै सुन्दर बललाई टिमो वेर्नरले राम्रो पास दिँदा हाकिम जियाचले गोल गर्न सफल भएका थिए । ५७ औँ मिनेटमा फेरी चेल्सीका लागि अर्को मौका पाएका जियाचले त्यस मौकालाई भने सदुपयोग गर्न सकेनन् ।

सिटीले त्यस पछि केही मौका बनाए पनि गोलका लागि निकै फितलो प्रहारका कारण खेल गुमाउन पुग्यो ।

चेल्सीले लेस्टर सिटी र साउथह्याम्प्टनको बिजेतासँग वेम्बली रङ्गशालामा मे १५ मा फाईनल खेल्ने छ ।

Click to comment

Trending