अन्तर्राष्ट्रिय

पारीको अन्त्यमा सम्हालिन नसक्दा हैदराबादको लगातार तेश्रो हार

Published

on

पारीको अन्त्यमा सम्हालिन नसक्दा सनराईजर्स हैदराबादले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेश्रो हारको सामना गरेको छ । अन्तिम तीन ओभरमा हैदराबादले पाँच विकेट गुमाउँदा मुम्बई इन्डियन्ससँग १३ रनले पराजित हुन पुगेको हो । मुम्बईको भने तेश्रो खेलमा यो दोश्रो जित हो ।

जितका लागि १५१ रनको मध्यम लक्ष्य सहित ब्याटिङमा आएको हैदराबादले अन्तिम तीन ओभरमा १३ रन जोड्दै पाँच विकेट गुमाए पछि १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

हैदराबादलाई रोक्ने क्रममा राहुल चाहार र ट्रेन्ट बोल्टले समान ३-३ विकेट हात पारे ।

ओपनरद्वय डेभिड वार्नर र जोनी बैरस्टोले क्रमश ३६ र ४३ रन, तथा विजय शंकरले २८ र विराट सिंहले ११ रन बाहेक हैदराबादका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १५० रन मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट विकेट किपर तथा ओपनर क्विन्टन डि ककले ४० तथा कप्तान रोहित शर्माले ३२ रन जोडे भने किएरोन पोलार्डले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान दिए ।

हैदराबादका मुजिब उर् रहमान र विजय शंकरले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending