Headline

पहिलो खेल जित्न नेपाललाई नेदरल्याण्ड्सले दियो १ सय ३६ रनको लक्ष्य

Published

on

नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्र्राष्ट्रियमा आफ्नो पहिलो खेल जित्न नेदरल्याण्ड्सबाट १ सय ३६ रनको सामान्य लक्ष्य पाएको छ ।

सन्दिप लामिछनेले दुई विकेट लिनुका साथै अन्य बलरहरुले कसिलो बलिङ्ग गरेपछि नेदरल्याण्डसले २० ओभरमा चार विकेट गुमाउदै १ सय ३५ रन बनाउन सक्यो ।

दर्शकहरुले खचाखच भरिएको त्रिवि मैदानमा नेपालले कुनै पनि समय पहिलो पटक नेपालमा खेलिरहेको नेदरल्याण्डस्सलाई खुलेर खेल्न दिएको थिएन । सन्दिपले आफ्नो पहिलो र टिमको दोश्रो ओभरमै म्याक्स ओ डाउडलाई पेभिलियन फर्काए भने सोमपाल कामीले बेन कुपरलाई शुन्यमै पेभिलियन फर्काएका थिए ।

अर्का ओपनर स्कट एडवार्ड्स र बास डि लिडेले तेश्रो विकेटका लागि ६१ रन जोड्दै नेदरल्याण्ड्सको इनिङ्गस सम्हाल्ने प्रयास गरेका थिए । नेदरल्याण्ड्सले केही आकर्षक शटहरु प्रहार गरेपनि नेपालले हरेक समय बलिङ्गमार्पत पुनरागमन गरेको थियो ।

डि लिडेले ४९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाए । एडवार्ड्सले ३२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३० रन बनाए । कप्तान पिटर सिलार (२२) र एन्टोनियस स्टाल (२०) ले पाचौं विकेटको लागि ३६ रन जोडेका थिए ।

नेपालका लागि सन्दिपले चार ओभरमा २२ रन खर्चदै दुई विकेट लिए भने सोमपालले कसिलो बलिङ्ग गर्दै १३ रन मात्र खर्चिएका थिए । डेब्यु गरेका शाहब आलमले एक विकेट लिएपनि उनले चार ओभरमा ४५ रन खर्चिएका थिए ।

पहिलो तीन ओभरमा पाँच रन मात्र दिएका करण केसीले आफ्नो अन्तिम ओभरमा १७ रन खर्चिएका थिए । अविनश बोहोराले चार ओभरमा २५ रन दिएका थिए ।

Click to comment

Trending