Headline

एफए कप सेमिफाइनलमा चेल्सीको सामना गर्दै म्यानचेस्टर सिटी

Published

on

२०२१ सिजनको पहिलो एफए कपको सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दै छ ।

पछिल्ला चार भेटमा सिटीसँग चेल्सीले तीन खेल हारेको छ भने २०१६ मा भएको अन्तिम एफए कप खेलमा ५-१ ले जित निकालेको थियो । कुल ९ खेल खेल्दा ६ मा जित निकालेको सिटीलाई चेल्सी नौलो प्रतिद्वन्धी भने हैन ।

प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेको छ । सिटी एफए कपको फाइनलमा प्रवेश गर्ने हो भने उसले यो सिजन ट्रेबल जित्ने मौका रहेको छ ।

सिटीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । शिर्ष स्थानमा रहदै गरेको सिटीलाई अब लिगमा केही गुमाउनु पर्ने छैन र त्यही कारण पनि प्रशिक्षक पेप गोर्डियोलाले अनुभवी शुरुवाती ११ खेलाउने सम्भावना बलियो छ ।

चेल्सीका लागि मटियो कोभाचिकले चोटका कारण यो खेल गुमाउने छन् । चेल्सी गत सिजनको उपबिजेता हो ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

Click to comment

Trending