Headline

च्याम्पियन्स लिग सुधार योजनामा बायर्न र युनाइटेडले शक्ति प्रयोग गर्दै नियन्त्रण बनाएको आफ्नै समर्थकहरुको आरोप

Published

on

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सुधार योजनामा बायर्न म्युनिख र म्यानचेस्टर युनाइेटडले शक्ति प्रयोग गर्दै प्रभाव पार्न खोजेको आरोप आफ्नै क्लबका समर्थकहरुले लगाएका छन् ।

पेरिस सेन्ट जर्माइन र आर्सनल पनि रहेको युरोपियन क्लब एशोसिएसन युरोपियन (इसिए) फुटबलको सर्वोच्च निकाय युएफाले प्रस्ताव गरेको च्याम्पियन्स लिग सुधार योजनामा सम्झौता गर्न बैठक बस्दै छन् । युएफाको प्रस्ताव अनुरुप २०२४ देखि च्याम्पियन्स लिग पूर्ण रुपमा परिवर्तन हुनेछ ।

अहिलेको ३२ टिमको साटो ३६ टिमलाई एकै समुहमा राख्दै चेसमा रहेको स्विस सिस्टम प्रणाली जसरी समुह चरणमा प्रति टोली १० खेल खेलाइने प्रस्तावमा रहेको छ । युएफाले धेरै खेल खेल्ने इच्छालाई केन्द्रमा राख्दै सुधार गर्न खोजेको बताएको छ ।

इसिए अध्यक्ष आन्द्रे एग्नेलीले समुह चरणमा कम्तिमा अतिरिक्त चार खेल खेल्नु पर्ने प्रस्ताव उचित रहेको भन्दै व्याख्या गरेका छन् । इसिए सदस्यहरु भने अझै पनि बढी बित्तीय नियन्त्रण राख्न प्रयासरत रहेको बताइएको छ ।

इसिएको बोर्डमा प्रतिनीधित्व गर्ने १४ क्लबका १७ फ्यान समुहले एग्नेलीलाई एक पत्र लेख्दै लाखौं समर्थकहरुको आवाज दबाइएको भनेका छन् ।

“खेलको संख्या बढाउने, बिगतका उपलब्धि हेर्दै छनोट गरिने व्यवस्था र बित्तीय एकाधिकार जमाउने प्रयाससहित तपाईको च्याम्पियन्स लिग सुधार गर्ने योजनाले सिँगै खेललाई खतरामा पार्न सक्छ,” पत्रमा लेखिएको छ ।

“तपाईको योजनाले ठूला क्लबलाई आर्थिक रुपमा अझै ठूलो र सानो क्लबलाई सानो बनाउदै घरेलु क्यालेण्डरलाई पनि ध्वस्त बनाउनेछ भने समर्थकहरुलाई धेरै समय र पैसा त्याग गर्नुपर्ने बाध्यकारी स्थिति उत्पन्न हुन सक्छ । महामारीको समयमा शक्ति प्रयोग गर्दै गर्न खोजिएको नियन्त्रणले संकटको समयमा फाइदा उठाउन खोजेको देखिएको छ र यो समर्थकहरुले देखाएको ऐक्यबद्धताभन्दा पूण बिपरित छ,” बिरोध पत्रमा लेखिएको छ ।

नयाँ संरचनाको च्याम्पियन्स लिगका बारेमा युएफाको केन्द्रिय समितिले सोमबार निर्णय लिनेछ ।

Click to comment

Trending