Headline

स्पर्सका लागि दुई गोल गरेका केनलाई चोटको चिन्ता

Published

on

टोटेन्ह्याम हट्स्परको लागि इङ्गलिस प्रिमियर लिगमा एभर्टनबिरुद्ध दुई गोल गरे लगत्तै इङ्गल्याण्ड स्ट्राइकर ह्यारी केनलाई चोटको चिन्ताले सताएको छ ।

गुडिसन पार्कमा भएको अवे खेलमा अग्रता दिलाएका केनले स्पर्स पछि परेको स्थितिमा पनि बराबरी गोल गरेपछि माथिल्लो चार स्थानको लागि दावेदारी दिइरहेका दुई टोलीले समान एक–एक अंक बाडेका थिए ।

काराबाओ कप फाइनलको ९ दिन अघि र युरो कपको पहिलो खेल खेल्नु ५८ दिन अगाडी केन अतिरिक्त समयमा गोलीगाँठोको चोटको समस्याका कारण बाहिरिएका थिए । खेलको अन्तिम समयतिर एभर्टनले पाएको कर्नरका दौरान डिफेन्ड गर्न हेडरको लागि जादा उनको ल्याण्डिङ्ग खराब भएको देखिएको थियो ।

व्यवस्थापक होजे माउरिन्होलाई उनको चोटको प्रकृतिका बारे आफू अनभिज्ञ रहेको बताए । मलाई पनि यो प्रश्नको उत्तर चाहिएको छ तर अहिले नै सबै भन्न सकिदैन । “उनी यत्तिकै त बाहिर निक्लिएका होइनन्, पक्कै केही त भएकै हुनु पर्छ,” माउरिन्होले भने ।

केनले २७ औं मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए तर जिल्फी सिगुर्ड्सनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेपछि एभर्टनले अग्रता लिएको थियो । तर ६ मिनेटपछि नै केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अंक तालिकामा टोटेन्ह्याम ५० अंक सहित सातौं स्थानमा छ भने एभर्टनको ४९ अंक छ । शिर्ष स्थानमा म्यानचेस्टर सिटीको ११ अंकको अग्रता कायमै छ । सिटीको ७४ अंक छ भने म्यानचेस्टर युनाइटेडको ६३ ।

Click to comment

Trending