अन्तर्राष्ट्रिय

चेन्नाईको पहिलो जित

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले आफ्नो पहिलो जित दर्ता गराएको छ । चेन्नाईले यस सिजनको पहिलो जित हात पार्ने क्रममा पन्जाब किंग्सलाई छ विकेटले पराजित गरेको हो । त्यस्तै पन्जाबले भने यस सिजन पहिलो हारको सामना गरेको छ ।

१०७ रनको सानो लक्ष्य पक्ष्याएको चेन्नाईले चार विकेट गुमाएर २६ बल अगावै जित हात पार्यो ।

चेन्नाईको जितमा ब्याटिङमा मोएन अलीले सर्वाधिक ४६ रन बनाए भने फाफ डु प्लेसिसले पनि अविजित ३६ रनको पारी खेले ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १०६ रन मात्र बनाउन सक्यो ।

छ दशमलब दुई ओभरमा २६ रन हुँदा पाँच विकेट गुमाएर खराब सुरुवात गरेको पन्जाबको लागि शाहरुख खान ४७ रन जोड्दै १०० रनको स्कोर पार गराए । छैठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३६ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे ।

खान भने पन्जाबको लागि झे रिचर्डसनले १५, क्रिस गेल र दिपक हूडाले समान १०-१० रन जोडे भने मोहम्मद शामीले अविजित नौं रनको पारी खेले । पन्जाबका कप्तान पाँच, मायंक अगरवाल र निकोलस पूरण रनको खाता पनि नखोली पेभेलियन फर्किए ।

पन्जाबलाई सानो योगफलमा रोक्ने क्रममा चेन्नाईका दिपक चाहारले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १३ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

Click to comment

Trending