अन्तर्राष्ट्रिय

चाहारको घातक बलिङमा पन्जाबको सानो योगफल

Published

on

दिपक चाहारले घातक बलिङ गरे पछि १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा पन्जाब किंग्सले चेन्नाई सुपर किंग्सलाई मात्र १०७ रनको सानो लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १०६ रन मात्र बनाउन सक्यो ।

छ दशमलब दुई ओभरमा २६ रन हुँदा पाँच विकेट गुमाएर खराब सुरुवात गरेको पन्जाबको लागि शाहरुख खान ४७ रन जोड्दै १०० रनको स्कोर पार गराए । छैठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३६ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे ।

खान भने पन्जाबको लागि झे रिचर्डसनले १५, क्रिस गेल र दिपक हूडाले समान १०-१० रन जोडे भने मोहम्मद शामीले अविजित नौं रनको पारी खेले । पन्जाबका कप्तान पाँच, मायंक अगरवाल र निकोलस पूरण रनको खाता पनि नखोली पेभेलियन फर्किए ।

पन्जाबलाई सानो योगफलमा रोक्ने क्रममा चेन्नाईका दिपक चाहारले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १३ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

Click to comment

Trending