राष्ट्रिय

त्रिकोणात्मक शृंखला युट्युबमा लाइभ हेर्न सकिने

Published

on

शनिबारदेखि त्रिवि मैदान किर्तिपुरमा शुरु हुन गइरहेको त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाका खेलहरु युट्युबमा हेर्न मिल्ने भएको छ । ओएसआर स्पोर्ट्सले आफ्नो युट्युब मार्फत सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

यस अघि ओएसआर डिजिटल मार्फत मनोरञ्जन क्षेत्रका चलचित्र र गितहरु आफ्नो युट्युब चलिराखेको भए पनि नेपाली खेलकुदलाई मध्यनजर गर्दै पहिलो पटक कुनै खेल आफ्नो च्यानल मार्फत प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलाको उद्घाटन खेलमा नेदरल्यान्ड्स र नेपाल खेल्न गइरहेका छन् ।

यसै बीच कोरोना भाइरस महामारीको दोश्रो लहर आइहेको स्थितिमा सिमित मात्रामा भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई मैदानमा प्रवेश दिने भएको छ ।

पूर्ण खेल तालिका

बैशाख ४ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ५ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ६ – नेपाल विरुद्ध मलेसिया

बैशाख ७ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ८ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ९ – नेपाल विरुद्ध मलेसिया

बैशाख ११ — फाइनल

Click to comment

Trending