Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा दर्शकले प्रवेश पाउने

Published

on

शनिबारदेखि त्रिवि मैदान किर्तिपुरमा शुरु हुन गइरहेको त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलामा दर्शकले पनि प्रवेश पाउने भएका छन् ।

कोरोना भाइरस महामारीको दोश्रो लहर आइहेको स्थितिमा सिमित मात्रामा दर्शक प्रवेश दिने नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक रौनक बहादुर मल्लले बताएका छन् ।

अहिलेको लागि हामीलाई नेपाल सरकार अथवा राष्ट्रिय खेलकुद परिषदबाट कुनै किसिमको लिखित अथवा मौखिक निर्देशन आएको छैन । त्यसैले हामी सिमित संख्यामा सावधानी अपनाउदै स्वास्थ्य प्रोटोकोल अनुसार दर्शक प्रवेश गराउनेछौं, मल्लले शुक्रबार प्रतियोगिताको ट्रफि सार्वजनिक कार्यक्रममा भने ।

नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले कोरोनाको खतरा देखिएका काठमाडौं सहितका १४ जिल्लाहरुमा खेलकुद लगायत भिँडभाँड हुने स्थानहरुमा नजान आग्रह गरेपनि कडा निर्देशन दिएको छैन ।
सिमरा तथा बिराटनगरमा जारी नकआउट फुटबल प्रतियोगिताहरुमा पनि दर्शककै उपस्थितिमा खेल सञ्चालन हुदै आएका छन् ।

शनिबारको उद्घाटन खेलमा नेदरल्याण्ड्स र नेपाल खेल्न गइरहेका छन् । क्यानले गेट टिकटको व्यवस्था भने गरेको छैन । अहिलेको समयमा अनलाइन टिकेटिङ्ग प्रणालीले धेरै मद्दत गरेको छ । दर्शक सिधै अनलाइन टिकट काटेरै आउनेछन् र हामीले अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा बिधि अपनाउनेछौं, मल्लले भने ।

घाइते पारसले नाम फिर्ता लिए

पुर्व राष्ट्रिय टोलीका कप्तान पारस खड्काले काँधको चोटका कारण त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला गुमाउने भएका छन् । पारसले शुक्रबार फेसबुक मार्फत आफूलाई डक्टरहरुले बिश्राम लिन सुझाव दिएको बताउदै आफू खेल्न असमर्थ रहेको जानकारी दिएका हुन् ।

पारसले आइतबार प्रशिक्षणको दौरान फिल्डिङ्ग गर्दा आफूलाई चोट लागेको बताएका छन् । क्यानले उनको स्थानमा सन्दिप जोरालाई ल्याएको छ ।

Click to comment

Trending