Headline

‘वेर्नर अन्धो घोडा जस्तो कुद्छन्, न खेल बुझ्छन्, न त गोल नै गर्छन्’

Published

on

पुर्व रियल म्याड्रिड तथा आयाक्स मिडफिल्डर रफाइल भान डर भार्टले हकिम जिएचलाई टिमो वेर्नर भन्दा अगाडी खेलाउनु चेल्सीका लागि उचित हुने बताएका छन् । भान डर भार्टले वेर्नरको खेललाई ’अन्धो घोडा’ को संज्ञा पनि दिएका छन् ।

जिएच र वेर्नर दुवै चेल्सीका लागि खेल्न यसै सिजन स्ट्याम्फोर्ड ब्रिज आईपुगेका थिए । तर दुवै खेलाडी खासै चल्न सकेका छैनन् । फ्रांक लाम्पार्डले ल्याएका यि दुवै खेलाडीले चेल्सीका लागि प्रिमियर लिगमा औषत प्रदर्शन पनि गर्न नसकेको आरोप लाग्दै आएको छ ।

पुर्व टोटनह्यामका मिडफिल्डर समेत रहेका भान डर भार्टले चेल्सीका लागी जिएचले शुरुवाती ११ मा मौका पाउनु पर्ने बताएका थिए । “जिएचको बैकल्पिक खेलाडी कमै छन् किन भने उनी स्ट्राइकरलाई पास र क्रस जताबाट पनि गर्न सक्छन्,” उनले भने ।

“टिमो वेर्नर हुन त निकै छिटो दौडिन्छन् तर प्राविधिक हिसाबले चल्ने फुटबलमा यसरी दौडिएर काम छैन । उनी न खेल बुझ्छन न त गोल गर्छन् । उनीमा खेलको दवाब झेल्ने क्षमता पनि छैन । उनी अन्धो घोडा जस्तो टाउको तल राख्छन् र खेल भरी कुद्छन् । उनी जर्मनीमा पनि त्यही गर्थे र प्रिमियर लिगमा पनि त्यही गर्दै छन्,” भान डर भार्टले भने ।

वेर्नरले चेल्सीका लागि ४१ खेलमा १० गोल गरेका छन् भने नोभेम्बर १ देखी उनले प्रिमियर लिगमा एक गोल मात्र गरेका छन् ।

Click to comment

Trending