Headline

युरोपा लिग: आर्सनलको सानदार जित, युनाइटेड र रोमा सेमिफाइनलमा

Published

on

स्लाभिया प्रगलाई दोस्रो लेगमा ४-० ले हराउँदै आर्सनलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । पहिलो लेगमा आफ्नो घरेलु मैदानमा प्रगसँग १-१ को बराबरी खेले पनि दोस्रो लेगमा ठुलो गोलअन्तरले हराउँदै आर्सनलले सेमिफाइनलको स्थान पक्का गरेको हो ।

प्रगको घरेलु मैदान एडेन एरेनामा भएको खेलमा आर्सनललाई जित दिलाउन कप्तान एलेक्ससान्डर लकाजेटले दुई गोल गर्दा निकोलस पेपे र बुकायो साकाले एक-एक गोल गरे ।

पहिलो हाफमा आर्सनल निकै बलियो देखिएको थियो । लगतारको आक्रमण पछि पहिलो हाफमा नै ३-० को अग्रता बनाइसकेको आर्सनलले दोस्रो हाफमा अर्को एक गोल थप्दै ४-० र समग्रमा ५-१ को जित हात पारेको थियो ।

यस्तै अर्को खेलमा गरान्डालाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड पनि सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा पनि २-० ले नै बिजयी भएको युनाइटेडले समग्रमा ४-० को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । युनाइटेडका लागि एडिसन कभानीले एक गोल गर्दा अर्को गोल भने अत्मघातिक गोलको रुपमा उपहार पाएको थियो ।

यस्तै अन्य क्वार्टरफाइनलहरुमा रोमाले आयाक्ससँग बराबरी खेले पनि समग्रमा ३-२ को काठिन जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । ७२ औँ मिनेटमा एडेन जेकोले गोल गर्दै रोमाको हार टारिदिएका थिए ।

अर्को खेलमा भने भिलारियालले डैनामो जार्केबलाई दोस्रो लेगमा २-१ र समग्रमा ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सेमिफाइनलमा आर्सनलले भिलारियालको र रोमाले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ । सेमिफाइनलहरु २९ अप्रिल देखी सुरु हुने छन् ।

Click to comment

Trending