Headline

कोहलीको ४१ महिनाको राज तोड्ने बाबर सबै तथ्यांकमा अगाडी

Published

on

पाकिस्तानी कप्तान बाबर आजमले बुधबार दक्षिण अफ्रिकाबिरुद्धको तेश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सनसनीपूर्ण पारी खेले । उनले १ सय २२ रन बनाएछि दक्षिण अफ्रिकाले दिएको २ सय ६ रनको लक्ष्य पाकिस्तानले मात्र एक विकेट गुमाउदै १२ बल बाकी हुदै प्राप्त गर्यो ।

यस क्रममा बाबरले पाकिस्तानको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक व्यक्तिगत योगफल बनाउने किर्तिमान पनि कायम गरे भने पहिलो विकेटका लागि मोहम्मद रिजवानसँग १ सय ९७ रनको अर्को किर्तिमानी साझेदारी पनि गरेका थिए ।

तर बाबरको लागि बुधबार भन्दा मङ्गलवार उनको करिअरकै उच्च बिन्दु बनिसकेको थियो । बाबर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एकदिवसीय बरियतामा पहिलो स्थानमा उक्लिएको थिए र पाकिस्तानी समर्थकहरुको लागि अर्को खुशीको कुरा के पनि थियो भने उनले भारतीय कप्तान बिराट कोहलीलाई दोश्रोमा धेकेलेका थिए ।

बाबरले कोहलीको शिर्ष स्थानको ४१ महिनासम्मको राजलाई अन्त्य गरेका थिए । उनले कोहलीलाई मात्र आठ अंकले पछि पार्दै पहिलो स्थानमा पकड जमाउन सफल भएका हुन् । कोहलीको ८५७ अंक छ भने आजमको ८६५ अंक छ ।

दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलाका क्रममा एक शतक र एक अर्धशतक सहित कुल २२८ रन जोडे पछि उनी पहिलो स्थानमा उक्लिएका हुन् । त्यस्तै उनी जाहिर अब्बास, जावेद मियाँदाद र मोहम्मद युसुफ पछि एकदिवसीय वरियताको शिर्ष स्थानमा पुग्ने चौथों पाकिस्तानी ब्याट्सम्यान पनि बन्न पुगे ।

सन् २०१७ को अक्टोबरमा एबी डि भिलियर्सलाई पछि पार्दै एकदिवसीय वरियताको शिर्ष स्थानमा पुगेका कोहली पहिलो पटक दोश्रो स्थानमा झरेका हुन् ।

सबै तथ्यांकमा कोहलीभन्दा अगाडी बाबर

२६ बर्षिय बाबर पाकिस्तानको लागि कम उमेरमा कप्तानी गर्ने गिने चुनेका खेलाडीमा पर्छन् । उनले हालसम्म पाकिस्तानबाट ७८ एकदिवसीय इनिङ्गस खेलेका छन् । कोहली र बाबरले ७८ इनिङ्गस खेलिसक्दाको तुलनामा पाकिस्तानी कप्तानले आफ्ना भारतीय समकक्षीलाई निकै पछाडी छोडेका छन् ।

कुल रन, औषत, स्ट्राइक रेट, शतक र सर्वाधिक योगफलमा बाबर कोहलीभन्दा अगाडी रहेका छन् । ७८ इनिङ्गसका दौरान बाबरले ३८ सय ८ रन बनाएका छन् भने कोहलीले ३१ सय रन जोडेका थिए । कोहलीको ४५ दशमलव ५८ औषतको तुलनामा बाबरको ५६ दशमलव ८३ औषत रहेको छ ।

कोहलीले ७८ इनिङ्गसमा ८ एकदिवसीय शतक प्रहार गर्दा बाबरको नाममा १३ शतक रहेको छ । कोहलीको सर्वाधिक योगफल १ सय १८ रहेको थियो भने बाबरको १ सय २५ नटआउट छ । यो बिन्दुमा कोहलीले बाबरलाई मात्र अद्र्धशतकको गन्तिमा पछि पारेका छन् । बाबरको १७ अद्र्धशतकको तुलनामा बाबरको २० अद्र्धशतक रहेको थियो ।

Click to comment

Trending