Headline

‘जुड बेलिंघम १७ बर्षका हुन् भनेर म बिश्वास गर्दिन’

Published

on

म्यानचेस्टर सिटी र बोरुसिया डर्ट्मण्ड बिच च्याम्पियन्स लिगको दोस्रो लेग चलिरहेको थियो । २-१ ले पहिलो लेगमा अग्रता बनएको सिटीले दोस्रो लेगको पहिलो हाफमा निकै संघर्ष गर्‍यो ।

खेलको १५ औँ मिनेटमै सिटीले बराबरी गोल खान पुग्यो । बोरुसिया डर्ट्मण्डलाई राहत दिने खेलाडी थिए, १७ वर्षिय जुड बेलिंघम ।

बेलिंघमले गोल गरे लगत्तै हतासका साथ सिटी प्रशिक्षक पेप ग्वार्डियोला आफ्नो कुर्सीबाट जुरुक्क उठे । उनले विश्वास नै गर्न सकेनन् । एक १७ वर्षिय केटोले उनको ४ सय मिलियन पाउण्ड भन्दा बढीको डिफेन्सलाई आरामले तोडिदियो ।

बेलिंघमलाई डर्ट्मण्डले बर्मिङ्हम सिटीबाट २३ मिलियन युरोमा भित्र्याएको थियो ।

बर्मिङ्हमका लागि उनी खास थिए । बर्मिङ्हमले आफ्नो क्लबको आर्थिक अवस्था नाजुक भए पछि बेलिंघम बेच्ने निर्णय गर्‍यो । १६ वर्षियलाई क्लब छोड्न निकै गार्हो भयो । उनी बर्मिङ्हमका ‘जेनेरेसनल ट्यालेन्ट’ (एक पुस्तामा एक उत्कृष्ट खेलाडी) थिए ।

अन्तत: बर्मिङ्हमले उनलाई डर्ट्मण्डमा बेच्यो । बर्मिङ्हम क्लबले उनको सम्मानमा उनले लगाउने जर्सी नम्बर २२ नै रिटायर गरिदियो । बर्मिङ्हमका खेलाडी आफ्नो जर्सी पछाडी जती सुकै नम्बर लगाए पनि २२ भने बेलिंघमको सम्मानमा लगाउन पाउने भएनन् ।

वुधबार राती सिटी विरुद्धको क्वार्टरफाइनलमा डर्ट्मण्ड पराजित हुन पुगे पनि बेलिंघमको खेल यति उत्कृष्ट थियो कि ग्वार्डियोलाले ‘प्री म्याच प्रेस कन्फ्रेस’ मा उनको तारिफ नगरि बस्नै सकेनन् ।

“जुड बेल्मिङ्हम भर्खर १७ वर्ष ? म बिश्वास गर्दिन ! उसले झुटो बोलेको हुनु पर्छ,” ग्वार्डियोलाले भने ।

“१७ वर्षियले यस्तो खेल देखाउनु निकै राम्रो कुरा हो म उनको खेल देखि प्रभावित भएको छु, उनलाई मैले खेल भरी हेँरे, उनी एक समय बल माग्दै आफ्नो डिफेन्डरहरुसँग कराइरहेका थिए र त्यो भनेको एक युवा खेलाडीका लागि निकै उत्कृष्ट कुरा हो,”।

“मैले खेल पछि प्रशिक्षक एडेन तेर्जिकसँग नि कुरा गरे र उनले यो दुई खेलको प्रदर्शन जहिले प्रशिक्षणमा देख्न पाईन्छ भने र म अझै प्रभावित भए,” उनले थपे ।

मेस्सी र रोनाल्डो पछि अहिले धेरै फुटबल प्रेमीहरु किलियन एम्बाप्पे र इर्लिङ हाल्याण्डलाई भविष्यको स्टार बनाउँदा कतै उनीहरुले जुड बेलिंघमलाई त बिर्सिएका छैनन् ?

Click to comment

Trending