Headline

च्याम्पियन्स लिग: रियल म्याड्रिड र सिटी सेमिफाइनलमा

Published

on

आफ्नो दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलका लागि पहिलो लेगमा निकालेको १-३ को जित सेमिफाइनल पुग्नका लागि पर्याप्त भयो ।

रियलले पहिलो लेगमा भिनिसियस जुनियरको दुई र करीम बेन्जेमाको एक गोलको मद्घतमा लिभरपुललाई ३-१ ले हराएको थियो । दोस्रो लेगमा भने कुनै गोल निस्किएन । सर्जियो रामोस र रफाइल भरानेलाई कोरोना भाईरसको कारण गुमाए पनि रियलले दोस्रो लेगमा उत्कृष्ट डेफेन्डिङ गर्न सफल भएको थियो ।

यस्तै म्यानचेस्टर सिटीले भने दोस्रो लेगमा पनि बोरुसिया डर्ट्मण्डलाई २-१ ले हराउँदै सेमिफाइनलको स्थान पक्का हरेको हो । सिटीको जितमा रिहाद महरेज र फिल फोडेनले गोल गरेका थिए । डर्ट्मण्डका लागि जुड बेल्मिङ्हमले आफ्नो पहिलो च्याम्पियन्स लिग गोल गरे । समग्रमा ४-२ ले खेल जित्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिड र सिटीले पिएसजीको सामना गर्ने छन् । सेमिफाइनल १५ अप्रिल देखी सुरु हुने छ ।

Click to comment

Trending