अन्तर्राष्ट्रिय

आजमको आक्रमक शतक, २०४ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान नौं विकेटले विजयी

Published

on

कप्तान बाबर आजमले आक्रमक शतक प्रहार गरे पछि घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २०४ रनको विशाल लक्ष्य पक्ष्याएको पाकिस्तानले नौं विकेटको सहज जित हात पारेको छ । यस जितसँगै पाकिस्तानले चार खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०३ रन बनायो भने जवाफी ब्याटिङ गरेको पाकिस्तानले १८ ओभर खेल्दै एक विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

पाकिस्तानको जितमा खेलको म्यान अफ द म्याच घोषित कप्तान आजमले सर्वाधिक ११२ रन बनाए । ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो शतक पुरा गरेका उनले ५९ बल खेल्दै १५ चौका र चार छक्का प्रहार गरे ।

पाकिस्तानलाई सहज जित दिलाउने क्रममा आजमले पहिलो विकेटका लागि अर्का ओपनर मोहम्मद रिजवानसँग मिलेर १९७ रनको साझेदारी गरे । ४७ बल खेलेका रिजवान भने ७३ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाको लागि ओपनरद्वय ऐडेन मार्क्रमले ३१ बलमा सर्वाधिक ६३ रन बनाए भने जानेमन मलनले पनि ४० बलमा ५५ रनको पारी खेले । त्यस्तै रस्सी भान ड़र डुस्सेनले अविजित रहँदै ३४ रनको योगदान दिए ।

Click to comment

Trending