अन्तर्राष्ट्रिय

मध्यक्रम चल्न नसक्दा बेंगलोरको सामान्य योगफल

Published

on

सुरुवाती ब्याट्सम्यानहरुले मध्य सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गको आफ्नो दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराईजर्स हैदराबादलाई १५० रनको मध्यम लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै आठ विकेटको नोस्कानीमा मात्र १४९ रन बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट चौथों नम्बरमा ब्याटिङ गर्न आएका ग्लेन म्याक्सवेलले सर्वाधिक रन ५९ बनाए । बेंगलोरको पारीको अन्तिम बलमा आउट भएका उनले ४१ बलको सामना गर्दै पाँच चौका र चार छक्का प्रहार गरे ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले ३३, देवदत्त पडिक्कलले ११ तथा शहबाज अहमदले १४ रन बनाए भने एबी डि भिलियर्स र ड्यान क्रिस्टियन समान १-१, वाशिंगटन सुन्दर आठ तथा कायल जामीसन १२ रनमा आउट भए ।

हैदराबादका जेसन होल्डरले ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने रशिद खानले चार ओभरमा मात्र १८ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending