Headline

धनगढी एफसीमा अनुबन्धित भए कप्तान किरण चेम्जोङ

Published

on

नेपाल सुपर लिग क्लब धनगढी एफसीले आईकोनिक खेलाडीका रुपमा राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई क्लबमा अनुबन्धित गरेको छ ।

किरणले यही सिजन राउण्डग्लास पन्जाबबाट भारतीय शिर्ष डिभिजनको आई-लिग खेलेका थिए । जहाँ किरणले १४ खेलमा सात क्लिनशिट आफ्नो नाममा राखे । उनी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक पनि बनेका थिए । त्यस पछि नेपाल आएका किरणले थ्री नेसन्स कपमा तीन वटै खेल खेल्दै एक गोल मात्र खाँदै नेपाललाई ३७ वर्ष पछि घरएलु भुमीमा उपाधि दिलाएका थिए ।

उपाधि पछि उनी मे अन्तिम सता एएफसी प्लेयर अफ दि विक बन्न पनि सफल भएका थिए । किरणले २०१७ पछि पहिलो पटक नेपालमा फुटबल खेल्ने छन् । किरणले सम्भवत धनगढीको कप्तानी पनि गर्ने छन् ।

ट्रान्सफर मार्केटका अनुसार किरणको हाल बजार भाउ १७ लाख नेपाली रुपैया भन्दा बढी रहेको छ । स्रोतका अनुसार किरणले यस आई-लिग सिजनको १५ लाख रुपैया लिएका थिए ।

किरणलाई टोलीमा भित्र्याउन पाउँदा राम्रो खेलाडीलाई भित्र्याउन सफल भएको धनगढीका मालिक सुवाष शाहीले बताए । “किरण राम्रो खेलाडी हुन् र नाम चलेका पनि त्यस्तो अवस्थामा उनी हामीसँग जोडीन पाउनु हाम्रो लागि निकै खुशीको कुरा पनि हो,” उनले हो । यस्तै धनगढीले प्रशिक्षकमा युगल किशोर राईलाई पनि स्वागत गरेको छ । यस्तै विदेशी प्रशिक्षक फुजा तोपेले उनलाई सघाउने छन् ।

नेपाल सुपर लिग यही अप्रिल २४ देखी दशरथ रङ्गशालामा सुरु हुँदै छ । पहिलो खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।

Click to comment

Trending