Headline

अबहानी ढाका र क्लब इगल्सको खेल दशरथ रङ्गशालामा हुने

Published

on

एएफसी कप २०२१ को प्रारम्भिक छनोट अन्तर्गतको बङ्गलादेशी क्लब अबहानी ढाका र माल्दिभ्सको क्लब इगल्स एफसी बिचको दोस्रो चरणको खेल दशरथ रङ्गशालामा हुने भएको छ ।

१४ अप्रिलमा हुनु पर्ने खेल कोभिड-१९ का कारण पछाडी धलेकिदै २१ अप्रिलमा हुने छ । बङ्गलादेशमा कोरोना संक्रमण धेरै देखिए पछि ढाका अबहानीले यसअघि भारतमा यो खेल खेल्ने प्रयास गरेको थियो तर अब भने यो खेल नेपालको राजधानी काठमाडौंमा खेल्ने निश्चित भएको छ।

एएफसीले दुवै टोलीलाई पत्र पठाउदै यो खेल नेपालमा खेल्ने निर्णय गरेको हो । अबहानीले एएफसी कप छनोटमा आफ्नो पहिलो खेल खेल्न लागेको हो । माल्दिभ्सको इगल्स भुटानको थिम्पु सिटी एफसीलाई २-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

अबहानी र इगल्स बिचको बिजेताले बेङलुरु एफसी र त्रिभुवन आर्मी क्लबबीचको बिजेतासँग  खेल्ने छ ।

Click to comment

Trending