Headline

एएफसी कप छनोट: बेङलुरु एफसीको सामना गर्दै त्रिभुवन आर्मी

Published

on

एएफसी कपको प्लिमिनरी स्टेजको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय क्लब बेङलुरु एफसीसँग खेल्दै छ ।

इन्डियन सुपर लिगको तेस्रो स्थानमा रहदै एएफसी कप खेल्ने एक मात्र भारतीय टिम हो, बेङलुरु एफसी । नेपाली क्लब आर्मी भने देशकै एक मात्र एफएफसी क्लब लाइसेन्स भएको टोलीको आधारमा एएफसी कप खेल्न लागेको हो ।

छनोट चरणको आफ्नो पहिलो खेलमा श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै आर्मीले बेङलुरुसँग खेल्ने यात्रा तय गरेको थियो । आर्मीले पहिलो र दोस्रो दुवै खेलमा आफ्नो दुई मुख्य खेलाडीलाई कोरोना भाईरस संक्रमणका कारण गुमाएको छ । अनुभवी गोलरक्षक बिकेश कुथु र कप्तान जर्ज प्रिन्स कार्की कोरोना संक्रमित भए पछि कुनै पनि खेल खेल्न पाएका छैनन् ।

श्रीलंका पुलिसविरुद्ध खेलेका कप्तान भरत खवाससहित विंगर टेकबहादुर बुढाथोकी र म्यानेजर विकास मल्ल पनि कोभिड–१९ पोजिटिभ  देखिए पछि उनिहरु गोवा पुगेका छैनन् । आर्मीका लागि प्रशिक्षक नबिन न्यौपानेले ४-३-३ फर्मेसनका खेलाडी उतार्ने सम्भावना बलियो रहेको छ ।

बेङलुरुसँग जित निकाल्न आर्मीलाई केही कठिन छ । तीन विदेशी खेलाडी सहित मैदान उत्रिने बेङलुरु सुनिल छेत्रीको कप्तानीमा मैदानमा उत्रने छ ।

यो खेलको बिजेताले २१ अप्रिलमा बङ्गलादेशी क्लब अबहानी लिमिटेड ढाका र मल्दिभियन क्लब एफसी इगल बिचको बिजेतासँग अन्तिम प्लेअफ खेल्ने छ ।

जिएमसी रङ्गशला, गोवामा हुने यो खेल आज साँझ १९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

गुरप्रित संह सिन्धु

खेलमा हेर्नै पर्ने खेलाडीको रुपमा बेङलुरुका लागि गोलरक्षक गुरप्रित संह सिन्धु रहने छन् । गुरप्रितले युरोपियन क्लबहरुमा खेलिसएको अनुभव बटुलेका छन् । इन्डियन सुपर लिगमा पनि उत्कृष्ट गोलरक्षकको उपनाम पाएका उनी भारतीय फुटबलमै सबैभन्दा धेरै कमाउने खेलाडी समेत हुन् । गुरप्रितलाई बिट गर्न आर्मीका फर्वार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई गार्हो भने हुने छ ।

सन्तोष तमाङ

आर्मीको मिड्फिल्डलाई राज गर्ने सक्ने खेलाडी हुन्, सन्तोष तमाङ । पहिलो चरणको छनोटमा श्रींलका पुलिस विरुद्ध उत्कृष्ट गोल गरेका उनको खुवी निकै लोभलाग्दो छ । ‘लङ रेन्ज सट’ मा माहिर सन्तोषलाई आज भने बेङलुरु विरुद्ध खेल देखाउने मौका हुने छ । सन्तोषसँग आर्मीले यो खेलबाट धेरै अपेक्षा राख्न सक्छ ।

खेल कसरी हेर्ने ?

बेङलुरु एफसी र त्रिभुवन आर्मी फुटबल कल्ब बिचको खेललाई अनलाइनमा बेङलुरु एफसीको युटुभ च्यानलले लाइभ दिने छ ।

 

Click to comment

Trending