Headline

साविक बिजेता बायर्नलाई हराउँदै पिएसजी सेमिफाइनल

Published

on

जर्मन क्लब बायर्न मुनिखसँग दोस्रो लेगमा १-० ले पराजित भए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पिएसजीलाई जित निकाल्न पहिलो लेगको ३-२ को जित काफी रह्यो । समग्रमा ३-३ को बराबरी खेले पनि अवे गोलको आधारमा पिएसजीले च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

बायर्नलाई दोस्रो लेगमा १-० को जित निकाल्ने क्रममा एरिक मेक्सिम चुपो मोटिङले गोल गरे पनि हार टार्न सकेनन् । पहिलो लेगमा किलियन एम्बाप्पेको दुई र मर्किनियसको गोलको मद्धतमा ३-२ को जित निकालेको पिएसजी दोस्रो लेगमा निकै भाग्यमानी सावित भयो ।

दोस्रो लेगमा नेमारले पिएसजीका लागि निकै मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बायर्नले पहिलो हाफमा भन्दा दोस्रो हाफमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । यससँगै पिएसजीले अघिल्लो सिजनमा बेहोरेको फाइनलको हारको बादला पनि लिएको छ।

पिएसजीले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र बुरुसिया डर्ट्मण्डको बिजेतासँग खेल्ने छ ।

Click to comment

Trending