Headline

सात वर्ष पछि चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Published

on

दोस्रो लेगमा १-० ले पराजित भए पनि चेल्सी सात वर्ष पछि युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

अन्तिम पटक २०१४ मा सेमिफाइनल खेलेको चेल्सीले पहिलो लेगमा २-० ले बिजयी भएको थियो । समग्रमा २-१ ले क्वार्टरफाइनल जित्दै चेल्सी अर्को चरणमा पुगेको हो ।

पोर्टोका लागि ९० मिनेट पछि थपिएको इन्जुरी समयमा मेह्दी तेरेमीले उत्कृष्ट ‘ओभरहेड’ किकमा गोल गरे पनि टोलीलाई सेमिफाइनलमा पुर्याउन सकेनन् । अन्तिम १६ मा युभेन्टसलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको पोर्टोको यात्रामा पूर्णबिराम लागेको छ ।

पहिलो लेगमा मेसन माउण्ट र बेन चिलवेलको गोलको मद्धतले २-० ले जितेको चेल्सीलाई दोस्रो लेगमा १-० ले पराजित भए पनि सेमिफाइनल पुगेको हो ।

चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलको बिजेतासँग खेल्ने छ ।

Click to comment

Trending