अन्तर्राष्ट्रिय

अन्तिम पाँच ओभर सम्हालिन नसक्दा कोलकाताको हार

Published

on

अन्तिम पाँच ओभरमा सम्हालिन नसक्दा १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकाता नाइट राईडर्सले साविक विजेता मुम्बई इन्डियन्ससँग ११ रनको हार व्यहोरेको छ ।

जितका लागि अन्तिम ३० बलमा ३१ रन आवस्यक रहेको र हातमा छ विकेट भए पनि कोलकाताले धेरै डट बल खेल्नुको साथै विकेट पनि गुमाउँदा लगातार दोश्रो जित दर्ता गराउने मौका गुमायो । पहिलो खेलमा हारको सामना गरेको मुम्बईले आजको खेलमा जित दर्ता गर्दै पहिलो अंक जोड्न सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५२ रनको सामान्य योगफल बनायो भने जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेले पनि सात विकेट विकेटको नोक्सानीमा १४२ रन मात्र बनाउन सक्यो ।

कोलकाताको तर्फबाट ओपनरद्वय नितिश रानाले ५७ तथा शुबमन गिलले ३३ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा हारको सामना गर्न बाध्य भयो ।

मुम्बईलाई जित दिलाउने क्रममा राहुल चाहारले सर्वाधिक चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

मुम्बईको तर्फबाट तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुर्यकुमार यादवले ३६ बलमा सर्वाधिक ५६ रन बनाए भने कप्तान रोहित शर्माले पनि ४३ रनको योगदान दिए ।

मुम्बईको पारी ध्वस्त गर्ने क्रममा रसेलले दुई ओभर बलिङ गर्दै १५ रन खर्चिएर पाँच विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending