Headline

मञ्चको साधारण सभामा राणा र थापा पुरस्कृत

Published

on

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो १६ औं वार्षिक साधारण सभाको अवसरमा मँगलवार बरिष्ठ पत्रकार अजय राणा र युवा पत्रकार सञ्जय थापालाई सम्मान गरेको छ ।

मञ्चले हरेक वर्ष प्रदान गर्ने सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार नागरिक दैनिकका थापा र खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार राणालाई सम्मान गरेको हो । अनुजतर्फ सम्मानित थापाले ताम्रपत्र सहित ल्यापटप प्राप्त गरे ।

अग्रजतर्फ राणालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरियो । पहिलो पुस्ताका खेल पत्रकार गोरखापत्र संस्थाको अंग्रेजी दैनिक दि राइजिङ्ग नेपालको सम्पादक समेत रहिसकेका छन् । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा एसोसियटबाट केन्द्रिय सदस्यमा निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथी जीवनराम श्रेष्ठले कोभिडबाट खेलकुदलाई अघि बढाउने विषयमा सरकारले योजना बनाउनुपर्ने बताएका थिए । प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री दावा लामाले मञ्चसंग सहकार्य गर्दै सरकार अघि बढ्न तयार रहेको उल्लेख गरे ।

साधारण सभाको बन्द सत्रले कोषाध्यक्ष अन्जन खड्का प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र महासचिव प्रज्जवल ओलीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनलाई पारित गर्यो ।

साधारण सभाले संविधानको मर्म अनुसार नेपाल खेलकुद पत्रकार मञ्चलाई संघीय संरचनामा लिएर जाने सैद्धान्तिक निर्णय पनि गरेको छ ।

Click to comment

Trending