Headline

बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ३२ खेलाडी (सुची सहित)

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२ तथा एसियन कप छनोट २०२३ को बाँकी रहेका खेलहरुका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको खेलका लागि खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएका हुन् । छनोट जुन ६ देखी कुवेतमा हुने एसियाली फुटबल महासंघले बताए पनि अष्ट्रेलियाले खेल्न विरोध गरे पछि अझै कहाँ हुने टुङ्गो लाग्न सकेको छैन ।

राष्ट्रिय टोलीको प्रशिक्षण मे १७ देखी जुन ५ सम्म चल्ने छ । राष्ट्रिय टोलीको प्रशिक्षण युवा खेलाडी मनिष डाङ्गी, सयान्शु भुशाल र गौताम श्रेष्ठ नयाँ नाम हुने छन् । यस्तै भर्खरै भारतीय शिर्ष डिभिजनको आई-लिग खेल्का प्रकाश बुडाथोकीलाई पनि एन्फाले बन्द प्रशिक्षणमा बोलाएको छ ।

राष्ट्रिय टोलीमा परेका खेलाडीहरु

गोलरक्षक: किरण कुमार लिम्बु, बिकेश कुथु, दिप कार्की, बिशाल सुनार

डिफेण्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तमाङ, दिनेश राजवंशी, अजित भण्डरी, गौतम श्रेष्ठ , छिरिङ् गुरुङ, बिकास खवास

मिड्फिल्डर: त्रिदेव गुरुङ, मनिष डाङ्गी, तेज तमाङ, एरिक बिष्ट, सन्जोग राई, बिशाल राई, सुनिल बल, रवी पासवान, सेसेहाङ आङ्दाम्बे, सन्तोष तमाङ, बिबेक बस्नेत, प्रकाश बुढाथोकी, शयान्सु भुशाल, अन्जन बिष्ट, सुमन लामा

फर्वार्ड: दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ

 

Click to comment

Trending