राष्ट्रिय

त्रिकोणात्मक शृंखलाका लागि नेपाल आईपुग्यो नेदरल्यान्ड्स टोली  

Published

on

नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक शृंखलाका लागि नेदरल्यान्ड्स टोली नेपाल आईपुगेको छ ।

आज बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आईपुगेको डच टोली भर्खर होटल सोल्टी आईपुगेको छ । डच टोलीको आज पिसीआर परिक्षण हुनेछ र पिसीआर रिपोर्ट नेगेटिभ आए पछि मात्र भोलीबाट अभ्यास सुरु गर्नेछ । त्यस अघि उनीहरु होटलबाट बाहिर निस्किन पाउने छैनन् ।

शृंखलामा सहभागी अर्को टोली मलेसिया पनि आज नै काठमाडौँ आईपुग्ने छ । उनीहरु १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लने छन् ।

आगामी शनिबारबाट सुरु हुने शृंखलाको उद्घाटन खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपालको सामना गर्नेछ ।

समुह चरणमा सबै टोलीले एक अर्कासँग २-२ खेल खेल्ने छन् र शिर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि बैशाख ११ मा भिड्ने छन् । शृंखला अन्तर्गत सबै खेलहरु नेपाली समय अनुसार दिउँस २:१५ बजे सुरु हुनेछ ।

पूर्ण खेल तालिका

बैशाख ४ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ५ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ६ – नेपाल विरुद्ध मलेसिया

बैशाख ७ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ८ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ९ – नेपाल विरुद्ध मलेसिया

बैशाख ११ — फाइनल

Click to comment

Trending