अन्तर्राष्ट्रिय

राहुल र हूडाको आक्रमक पारीमा राजस्थानलाई विशाल लक्ष्य

Published

on

कप्तान केएल राहुल र दिपक हूडाले आक्रमक पारी खेलेसँगै पन्जाब किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई २२२ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २२१ रन बनायो ।

पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रन बनाए भने दिपक हूडाले आक्रमक पारी खेल्दै २८ बलमा चार चौका र छ छक्काको मद्धतमा ६४ रन बनाए । आईपीएलमा तेश्रो शतक बनाउनबाट नौं रनले चुकेका राहुलले सात चौका र पाँच छक्का प्रहार गरे ।

२२ रनको अवस्थामा १४ रन बनाएका ओपनर मायंक अगरवाल आउट भए पनि कप्तान राहुलले दोश्रो विकेटका लागि २८ बलमा ४० रन बनाएका क्रिस गेलसँग ४५ बलमा ६७ रनको साझेदारी गर्दै पन्जाबको पारी सम्हाले । त्यस पछि उनले हूडासँग मिलेर ४७ बलमा तुफानी १०५ रनको साझेदारी गर्दै पन्जाबलाई विशाल योगफल सम्म पुर्याए ।

राजस्थानका चेतन साकरियाले सर्वाधिक तीन विकेट आफ्नो नाममा दर्ता गराए भने क्रिस मोरिसले पनि दुई विकेट हात पारे ।

Click to comment

Trending