अन्तर्राष्ट्रिय

कप्तान बाबरको अर्धशतकको बाबजुत पाकिस्तानको सानो योगफल

Published

on

कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले पनि पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा सामान्य योगफल बनाएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १४० रन मात्र बनाउन सक्यो ।

ओपनरद्वय मोहम्मद रिजवान र शर्जिल खान क्रमश पारीको पहिलो बलमा नै शुन्य रनमा र आठ रनमा आउट भए पनि कप्तान आजमले ५० बलमा पाँच चौकाको मद्धतमा ५० रन बनाएर पाकिस्तानको पारी सम्हाल्ने । मोहम्मद हफिजले २३ बलमा ३२ रन जोड्दै पाकिस्तानको लागि तेश्रो विकेटका लागि ५८ रन जोडे पनि उनको विकेटको पतन पछि पाकिस्तान सम्हालिन सकेन ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा जर्ज लिन्ड़े र लिजाड विलियम्सले समान ३-३ विकेट आफ्नो नाममा लेखाए ।

चार खेलको शृंखलामा पाकिस्तान १-० ले अघि रहेको छ । पहिलो खेलमा पाकिस्तानले चार विकेटको रोमान्चक जित दर्ता गराएको थियो ।

 

Click to comment

Trending