Headline

चर्च बोइजलाई सि डिभिजनको उपाधि, बीरगञ्ज र सामाजिक पनि बढुवा

Published

on

शहीद स्मारक सी डिभिजनको उपाधि चर्च बोइज एफसीले जितेको छ । सुपर सिक्समा शिर्ष स्थानमा रहँदै चर्च बोइज बि डिभिजनमा बढुवा भएको हो ।

यस्तै दोस्रो स्थानमा रहदै बीरगञ्ज युनाइटेड र तेस्रो स्थानमा रहदै सामाजिक युवा क्लब पनि बि डिभिजनमा बढुवा भएका छन् ।

आफ्नो अन्तिम खेलमा झापा एफसीलाई २-१ ले हराउँदै चर्च बोइजले १० लाख रुपैया हात पर्‍यो । चर्ज बोइजका लागि जितमा रेजन माझी र श्यामउ मुर्मुले गोल गरे । खेल जितेको खण्डमा बि डिभिजनमा जाने मौका रहेको झापा पराजित हुन पुग्यो ।

यस्तै आफ्नो अन्तिम खेल जिते बि डिभिजनमा बढुवा हुने खेलमा सामाजिकले बीरगञ्ज युथ युनाइटेडलाई १-० ले हराउँदै आफ्नो स्थान शुरक्षित गर्‍यो ।

यस वर्षको बि डिभिजनबाट पुल्चोक स्पोर्टस क्लब घटुवा हुँदै सि मा झरेको थियो ।

Click to comment

Trending