Headline

नेपाल यु-१९ टोलीलाई वाई-वाईको साथ

Published

on

नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाई-वाईको प्रायोजन गर्ने भएको छ ।

सोमबार एक कार्यक्रम गर्दै क्रिकेट असोसिएसन नेपालका अध्यक्ष चतुर बहादुर चन्द र चौधरी ग्रुपमा निर्देशक निर्भान चौधरीले सम्झौतामा हस्ताक्षर गरेका थिए । वाई-वाईले पाँच वर्षका लागि यु-१९ क्रिकेट टोलीलाई हरेक वर्ष ७० लाख नेपाली रुपैयाको प्रायोजन गर्ने छ ।

“वाई-वाईले दिएको प्रायोजनले यु-१९ को जिल्ला स्तरिय देखी राष्ट्रिय स्तर सम्मको सबै प्रतियोगिता र राष्ट्रिय टोली सम्म खर्च हुने छ,” क्यानका क्रिकेट म्यानेजर बिनोद दासले बताए ।

चौधरी ग्रुपले दिने ७० लाख दुई वर्षमा १० प्रतिशतले बढ्दै जाने छ ।

“चौधरी ग्रुपको साथ र सहयोग पहिले पनि रहेको थियो र लामो समय पछि फेरी साथ पाएकोमा हामी वहाँहरुलाई धन्यवाद दिन चाहन्छ,” अध्यक्ष चन्दले बताए ।

चौधरी ग्रुपले केही वर्ष अगाडी पनि नेपाली क्रिकेट टोलीलाई प्रायोजन गर्ने गरेको थियो ।

Click to comment

Trending