Headline

मात्सुयामाको मास्टर्समा जापानी इतिहास

Published

on

हिडेकी मात्सुयामा मास्टर्स उपाधि जित्ने पहिलो जापानी गल्फर बनेका छन् । आइतबार अगस्टा नेसनलमा एक स्ट्रोकको जित हात पार्दै उनले पहिलो पटक ग्रिन ज्याकेट जिते ।

अन्तिम दिन चार सटको अग्रताका साथ खेल्न शुरु गरेका मात्सुयामाले चौथो तथा अन्तिम चरणमा १–ओभर ७० को स्कोरका साथ १० अण्डर पारमा उपाधि हात पारे । दोश्रो स्थानमा रहेका अमेरिकन मास्टर्स डेब्युटेन्ट विल जालाटोरीसले ९ अण्डरमा प्रतियोगिता समाप्त गरे ।

पहिलो दुई राउण्डमा अग्रता लिएका इङ्गल्याण्डका जस्टिन रोज भने अन्तिम चरणमा प्रभावशाली प्रदर्शन नगर्दा २–ओभर ७४ स्कोर गर्दै पाँच अण्डरका साथ तेश्रो स्थानमा खुम्चिए ।

२०११ को मास्टर्समा प्रमुख अमेच्योरको रुपमा सिल्भर कप पाएको एक दशकपछि २९ बर्षिय मात्सुयामाले यस्तो जित हात पारेका छन् जसले अब जापानमा उनलाई हेर्ने दृष्टिकोण नै सम्भवत पूर्ण रुपमा परिवर्तन गर्न सक्छ ।

हिसाको हिगुचीले १९७७ मा जितेको एलपिजिए च्याम्पियनसिप र हिनाको सिबुनोले दुई बर्ष अगाडी महिला ओपन जितेपनि १९८० को युएस ओपनमा इसाओ एओकीले हात पारेको दोश्रो स्थान यसअघि पुरुष गल्फमा सबैभन्दा ठूलो उपलब्धि थियो ।

“म आफ्नो परिवार र साथीभाइरुहको बारेमा सोचिरहेको छु । उनीहरुको लागि मैले राम्रो खेले भनेर नै म निकै खुशी छु । आशा गरौं यो उपलब्धिलाई धेरै भन्दा धेरै जापानीहरुले अनुशरण गर्न कडा मिहिनेत गर्नेछन्,” मात्सुयामाले भने ।

Click to comment

Trending